चन्द्रौटा कृष्णनगर सडकखण्डमा अज्ञात समुहद्वारा ट्रक र मोटरसाईकलमा आगजनी

कपिलवस्तु । अज्ञात समूहले चन्द्रौटा कृष्णनगर सडक खण्डमा रोकि राखेको ट्रकमा आगजनी गरेको छ ।
शिवराज नगरपालिका ६ विरपुर र गडगडौंवामा आगजनी भएकाे वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । यस्तै शिवराज नगरपालिका वडा न ७ जवाभारि स्थित नेपाली कांग्रेसका उम्मेदवार विरेन्द्र कनोडियाको गेट अगाडी मोटरसाईकिलमा पनिआगजनी भएको प्रहरीले जनाएको छ ।

गडगडौवा स्थित आगजनी भएको कर्णाली प्रदेश ०२००१ ख ०५७८ नम्बरको ट्रकको पछाडीको भागमा आगोले क्षती पुराएको छ । आगोले मोटरसाइकल भने पुर्णरुपमा जलेको छ ।

आगो कस्ले किन लगाएको हो भन्ने पत्ता लाग्न सकेको छैन । घटना स्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चा संयोजक बिकरान्त शाह लेखेको पर्चा भेटिएको छ । प्रहरीले घटना बारे अनुसन्धान भइरहेको जनाएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्