तपाईँ सुन्दै हुनुहुन्छः

बीमा समिति प्राधिकरणमा रूपान्तरण 

काठमाडौँ । बीमा समितिले आज मङ्गलवारदेखि नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भई काम थालेको छ । 

बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम कारबाही प्राधिकरणमा रूपान्तरण भएको छ । 

भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानूनी प्रावधान अनुसार बीमा समिति प्राधिकरण बनेको हो ।

समितिमा एक कार्यक्रमका बीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद शिलवालले प्राधिकरणले बीमा क्षेत्रको नियमनका साथै सरकारको बीमा सल्लाहकारको रुपमा काम गर्ने बताउनु भयो ।

बीमा दाबी गरिए पछि त्यसको भुक्तानी समयमा हुनु पर्नेमा जोड दिँदै त्यसो नभएमा सम्वद्ध सबै कारबाहीको भागी हुनु पर्ने पनि अध्यक्ष शिलवालले बताउनु भयो ।

उहाँले हाल कायम बीमा कम्पनीहरूको सङ्ख्या बढी नै रहेकोले बीमा क्षेत्रलाई प्रभावकारी बनाउन मङ्सिर महिनामा धेरै बीमा कम्पनीहरू मर्जरमा जाने पनि उल्लेख गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button