तपाईँ सुन्दै हुनुहुन्छः

दुईटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

रुपन्देही ।रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ मा दुई वटा मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल सोमबार राती एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button