तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय नक्कली नोटसहित दुईजना पक्राउ

बर्दिबास । महोत्तरीबाट भारतीय नक्कली नोटसहित दुईजना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार मधुवनी जिल्ला बेनीपट्टी कटैया बस्ने ३५ वर्षीय सुनिल कुमार शास्त्री र सितामढी चरौत बस्ने २४ वर्षीय मनिष कुमार पासवान रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुनिलको साथबाट भारु ५ सयको नोट २ थान, २ सयको नोट ५ थान, भारु १ सयको नोट २ थान, भिभो कम्पनीको मोबाइल १ थान र उनको नामको आधार कार्ड र  मनिषको साथबाट रेडमी कम्पनीको मोबाइल १ थान र उनको नामको आधार कार्ड बरामद भएको महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्तरीको मटिहानी–८ स्थित धानबजार चोकमा दुईजना भारतीय नागरिकहरू भारतीय नक्कली नोट बोकी सामान खरिद गर्न आएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरू दुवै जनामाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button