एक लाख २८ हजार नगदसहित १६ जुवाडे पक्राउ
चितवन । भरतपुर महानगरपालिका ११ लामा टोलबाट जुवा खेल्दै गरेका कौडासहित १६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो लामा टोलको मैती लामाको घरमा कौडा खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद एक लाख २८ हजारसहित कौडा १६ थान पक्राउ गरेको हो ।
उनीहरुलाई जुवा खेल्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्