तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको आलितालमा मतदान नमुना अभ्यास गरियो 

डडेल्धुरा । डडेल्धुरा जिल्लाको आलिताल गाउँ पालिकामा आज नमुना मतदान अभ्यास गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय डडेलधुराको आयोजनामा मतदान नमुना शिक्षाको प्रचारप्रसार गर्ने कार्यक्रम अन्तर्गत आलितालको दुर्गा माध्यमिक विद्यालयमा मतदान नमुना अभ्यास गराएको हो ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको नमुना मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी,उप अनुसन्धान निरीक्षक हरिश बिष्ट , प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट, सशस्त्र प्रहरी नायव उपरीक्षक जनक राज उपाध्याय,आलिताल गाउँ पालिकाका विभिन्न शाखाका प्रमुख सँगै शिक्षक विद्यार्थीहरूको सहभागिता थियो ।
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी रुपमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आयोगद्वारा जारी मतदाता शिक्षा २०७९ तथा निर्वाचन आयोगको मतदाता शिक्षा सञ्चालन कार्यतालिका अनुसार डडेल्धुरा जिल्लाको सात वटै स्थानीय तहमा सञ्चालन गर्नु पर्ने योजना अनुसार आज आलितालमा गरिएको निर्वाचन कार्यालयका प्रमुख करुणाकर अबस्थीले जानकारी दिनुभयो । ‘हामी के कति निर्वाचनको बारेमा जानकार छौँ । निर्वाचनका प्रक्रियाहरू के–के रहन्छन कसरी मतदान गर्नुपर्छ र के कसरी सहभागिता रहन्छ ? भन्ने जानकारीका दिनका लागि नमुना मतदान गरेका हौँ उनले भने ।
‘यो बाट सहभागीले केही न केही सिक्नु भएको छ भन्ने अपेक्षा गरेका छौँ ।’ निर्वाचनमा मत बदर नहोस् भन्ने उद्देश्यका साथ नमुना मतदान अभ्यास गरिएको समेत बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button