प्रधान सेनापति र अमेरिकाका राजदूतबीच भेटघाट
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत डिन रिचार्ड थोमसन बीच जङ्गी अड्डामा भेटघाट भएको छ ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्