नेपालगञ्जमा आगलागी
नेपालगञ्ज । नेपालगञ्जमा गएराती आगलागी भएको छ । विपी चोक नजिकै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ स्थित जनता ट्रेडर्स र समा फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
घर्तीका अनुसार आगलागीबाट जनता ट्रेडर्सको गोदाममा रहेको सिरक डसना तथा समा फर्निचरको गोदाममा रहेका फर्निचरमा क्षति पुगेको छ । जनता ट्रेडर्समा बढी क्षति भएको घर्तीले बताउनुभयो । राती ९ बजेतिर शुरु भएको आगो मध्यराती करिब १२ बजे नियन्त्रणमा आएको घर्तीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको हो । आगलागीको कारण र क्षतिको विवरण एकिन हुन नसकेको प्रवक्ता घर्तीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्