तपाईँ सुन्दै हुनुहुन्छः

अटो ग्यारेजमा आगलागी , ३२ वटा मोटरसाइकलमा क्षति

चितवन । चितवनमा एक अटो ग्यारेजमा आगलागी भएको छ ।
आज बिहान ३ बजेर ५० मिनेटमा रत्न नगरपालिका वडा नम्बर १ स्थित सौराहा चोकमा रामचन्द्र कोइरालाले सञ्चालन गरेको न्यू कालिका अटो पार्टस र कालिका मोटर पार्टर्समा आगलागी भएको हो ।
प्रहरी, स्थानीय , भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको सहयोगमा ५ बजेर ५५ मिनेटमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगलागीबाट यामाहा कम्पनीको १२ वटा नयाँ मोटरसाइकल र २० वटा भन्दा बढी पुरानो मोटरसाइकलमा क्षति पुगेको कार्यालयका प्रवक्ता डिएसपी विजय पण्डितले जानकारी दिए ।
के कारणले आगलागी भयो भन्ने विषयमा हालसम्म खुलेको छैन भने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button