तपाईँ सुन्दै हुनुहुन्छः

राति ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न रोल्पा प्रशासनको अनुरोध 

रोल्पा । जिल्ला प्रशासन कार्यालय रोल्पाले देउसी, भैलो खेल्ने कार्यक्रम राति ९ बजेसम्म मात्रै गर्न अनुरोध गरेको छ ।
चाडवाड मनाउने नाममा जुवातास नखेल्न, मदिरा सेवन गरी हो–हल्ला नगर्न, पटाका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा नपड्काउन, तिहारको समयमा दियो, मैनबत्ती, पालाहरू बाल्ने एवम् विद्युतीय उपकरणहरू प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपतजन्य घटनाहरू घट्न सक्ने सम्भावना भएकाले सचेत रहन समेत जिल्ला प्रशासन कार्यालय रोल्पाले अनुरोध गरेको छ ।
कसैले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्य गरे वा गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button