तपाईँ सुन्दै हुनुहुन्छः

पानीमा डुबेको अवस्थामा एक युवा मृत फेला

सुनसरी I धरान–८ को दुर्गापथ स्थित गैरीगाउँको खहरे खोलाको जमेको पानीमा डुबेको अवस्थामा एक युवा मृत फेला परेका छन् । 

खहरेमा जमेको पानीमा घोप्टो अवस्थामा मृत फेला परेका युवा सोही ठाउको गैरीगाउका अन्दाजी २६ वर्षीय रुपेश खातुन रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए । 

मृतकको टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा शव फेला परेको थियो । मृतकको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध र लागुऔषध प्रयोग गरी सेकपछिको लागुऔषधका खोल र सुई फेला परेको प्रहरीले जनाएको छ । 

मृतकको शव मुचुल्का उठाएर अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button