ट्याङ्की सफा गर्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु
सल्यान । खानेपानीको ट्याङ्की सफा गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले लागेर सल्यानमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका २ गैरागिठीका अन्दाजी ४४ वर्षीय चन्द्र बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शनिबार दिउँसो पुन लगायत ६ जनाको टोली घरदेखि झन्डै २ किलोमिटर टाढा छहरे खोलामा रहेको खानेपानीको मुहान सफा गर्न गएको थियो ।
ट्याङ्की सफा गर्ने क्रममा माथिबाट आएको ढुङ्गा लागेर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । अन्य पाँच जना भने सकुसल रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्