तपाईँ सुन्दै हुनुहुन्छः

आईसक्यो मनोनयन दर्ताको दिन : देखिएन चुनावी रौनक

कपिलवस्तु । मङ्सिर ४ गते हुने चुनावको रौनक कपिलवस्तुमा अझै देखिएको छैन । उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने दिन आउन एक दिन मात्र बाँकी रहँदासमेत जिल्लामा चुनावको कुनै चहलपहल देखिन नसकेको हो ।

दलहरूले मनोनयनको अघिल्लो दिनसम्म पनि कुन क्षेत्र कसलाई दिने भनेर उम्मेदवारको ठोस टुङ्गो लगाउन नसक्दा जिल्लामा चुनावी चहल पहल देखिन नसकेको हो । ‘कसले कुन ठाउँबाट उम्मेदवारी पाउने कुनै ठेगान छैन, त्यही कारण चुनावी चहलपहल नदेखिएको हो’ अधिकांश नेताहरूको भनाई ।

एमालेले टुङ्गायो उम्मेदवार
सत्ता गठबन्धनकाे सिटबाँडफाड अझै नटुंगिएरहेको बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितको गठबन्धनले भने उम्मेदवार टुङ्गाएको छ ।

एमालेबाट कपिलवस्तु क्षेत्र नं. १ मा बलराम अधिकारी, प्रदेश (क) मा बिष्णु पन्थी र (ख) तालमेलका लागि छुट्टाइएको हो ।
त्यसैगरी क्षेत्र नं. २ मा बृजेशकुमार गुप्ता, प्रदेश (क)मा नवराज लामिछाने र ख मा धर्मबहादुर लाल श्रीवास्तवलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।

यसैगरी एमालेले कपिलवस्तु क्षेत्र नं. ३ मा गंगलप्रसाद गुप्ता प्रदेश (क)मा अर्जुनकुमार केसी र (ख) मा तालमेलका लागि छुट्टाइएको छ ।

उता सत्ता गठबन्धनबाट कपिलवस्तु क्षेत्र नं. १ माओवादी केन्द्रका चक्रपाणि खनाल बलदेवले टिकट पाउने पक्कीजस्तै देखिएको छ । प्रदेश (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले पाउने तय भएपनि प्रदेश (ख)मा अझै टुङ्गिन बाँकी रहेको बताइन्छ ।
त्यस्तै क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य , प्रदेश (क)मा नेपाली कांग्रेस (ख) टुङ्गिन बाँकी छ । सत्ता गठबन्धनबाट क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह , प्रदेश (क)मा नेकपा माओवादी केन्द्र प्रदेश (ख)मा नेपाली कांग्रेसलाई दिने सहमति भएको भनिए पनि टिकट कस्ले पाउने हो अझै खुलिसकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button