तपाईँ सुन्दै हुनुहुन्छः

दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

बाजुरा । मन्दिरमा दलित व्यक्ति पसेको भन्दै कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरि पूजापाठ गरेको भन्दै निर्घात रुपमा कुटिएका टेकेन्द्र सिंह सुनारले त्रिवेणि नगरपालिका ७ का वडाध्यक्ष जुद्ध बहादुर अयडीसहित ३ जनाविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धीको मुद्दा दर्ता गर्नुभएको हो।

घटस्थापनाको अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका ५ नुवाघरमा घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखाल बस्दै आएका सुनारमाथि त्रिवेणी नगरपालिका ७ का वडाध्यक्ष अयडीसहित मदिरा सेवन गरि आएको समूहले अपशब्द प्रयोग गरि कुटपिट तथा जातीय रुपमा विभेद गरेको बताइएको छ ।

निर्घात कुटपिट गर्नुका साथै नगद ६० हजार समेत खोसेको भन्दै पीडित सुनारले जिल्ला प्रहरी कार्यालय बाजुरामा ३ जनाविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button