५१ जनामा कोरोना सङ्क्रमित
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।
यस अवधिमा तीन हजार २४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार दुई सय छ जनाले पिसीआर र एक हजार आठ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज एक सय सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार तीन सय ३५ पुगेको छ ।
सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय २३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १७ पुगेको छ । होम आइसोलेशनमा एक हजार एक सय ७४, संस्थागत आइसोलेसन ४९ र आइसियुमा ११ जना सङ्क्रमित रहेका छन् ।
रासस







प्रतिक्रिया राख्नुहोस्