द्रुततर विकास र समृद्धिका लागि ‘थिङ्क ट्याङ्क’को आवश्यकता: डा भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको द्रुततर विकास र समृद्धिका लागि ‘थिङ्क ट्याङ्क’को आवश्यकता रहेको बताउनुभएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न तथा नव प्रवर्तनका लागि ‘थिङ्क ट्याङ्क’को आवश्यकता टड्कारो रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले ‘थिङ्क ट्याङ्क’ले गर्ने अनुसन्धान र तथ्य तथ्याङ्कको महत्त्व बुझेर नै प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्नुभयो ।
यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मुलुकको तीव्र विकास र परिवर्तनका लागि सरकारले ‘थिङ्क ट्याङ्क’को महत्त्वलाई बुझेर यसलाई प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले राष्ट्रिय हितको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले चार वर्ष अगाडि प्रतिष्ठानको स्थापना गरेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्