तपाईँ सुन्दै हुनुहुन्छः

‘जनताको काम गर्न स्थानीय सरकार मजबुत हुनुपर्छ’

पाँचथर । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले जनताको काम गर्न स्थानीय सरकार मजबुत हुनुपर्ने बताउनुभएको छ ।

फिदिम नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख खापुङले जनतासँग प्रत्यक्ष सरोकार राख्ने, नेपाली जनताको घरदैलोमा पुग्न सक्ने तह स्थानीय तह भएको बताउनुभयो ।

दैवी प्रकोप, भूकम्प जस्ता समस्यामा परेका जनताको सेवाको लागी स्थानीय सरकार पुगेकाले स्थानीय तहलाई बलियो बनाउनु पर्ने प्रमुख खापुङको भनाई छ । उहाँले स्थानीय तहलाई बलियो बनाउन सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

जनताले भन्न सक्ने तथा जनताको पहुँच भएको ठाउँ स्थानीय तह नै भएकोले स्थानीय सरकारले जनताको समस्यालाई सुनेर समाधान गर्नुपर्नेमा प्रमुख खापुङले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button