लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएको हो: मोहन विक्रम सिंह
अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।

प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सत्ता गठबन्धनमा रहेका दलले हैसियतभन्दा बढी सिट माग गरेका कारण आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा सहमति हुन नसकेको बताउनुभयो । अब छिट्टै सिट बाँडफाँटको टुङ्गो पाँच दलीय गठबन्धनले गर्ने नेता सिंहको भनाइ थियो ।
उहाँले प्रतिगमनकारी र राजावादीहरूले राजा फर्काउन सकिन्छ की भनेर विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गर्नुभयो । अहिले पनि प्रतिगमनको खतरा १७ साल वा ५९ सालमा भन्दा पनि गम्भीर भएको उहाँले बताउनुभयो । देशमा प्रतिगमनको खतरा कायमै रहेकाले गठबन्धन गर्नुपरेको उहाँको भनाइ थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्