तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को कार्यकालमा महत्त्वपूर्ण उपलब्धि : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संसद्को कार्यकालमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले संसद्ले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको आफूले महसुस गरेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री देउवाले वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको बताउनुभयो ।  

वर्तमान सरकार गठनसँगै परराष्ट्र सम्बन्धमा सुधार आएको उल्लेख गर्दै उहाँले सरकार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले देशभर आएको बाढी पहिरोमा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button