तपाईँ सुन्दै हुनुहुन्छः

बाघले खाएको अवस्थामा वृद्ध मृत फेला 

चितवन । चितवनमा बाघले खाएको अवस्थामा एक वृद्ध मृत फेला परेका छन् । माडी नगरपालिका वडा नम्बर २ ढिकुने बस्ने ६८ बर्षीय सूर्यनाथ अधिकारी मृत भेटिएका हुन्। 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार दिउसो १ बजे वृद्ध अधिकारी र उनका २५ बर्षीय छोरा होम बहादुर अधिकारी सोही स्थानको मध्यवर्ती सामुदायिक वन अमलियामा भैँसी चराउन गएको र छोराले बुबालाई  घर पठाएकोमा बेलुका छोरा होमनाथ घर फर्किदासम्म बुबा होमनाथ घर नआएपछि खोजीको लागि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।

खोजतलासको क्रममा आज बिहान साँढे ८ बजे सूर्यनाथले लगाएको टोपी, चप्पल र छाता सहित र सोही जङ्गलमा उनको शव बाघले खाएको अवस्थामा भेटिएको हो । हाल शवको मुचुल्का गरी शव परीक्षणको लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button