बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ। नेपाल सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको हो।
महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै महारानीको दिगंवत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ। महारानीको निधनको दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोकमा रहेको बेलायती राजपरिवारप्रति नेपाल सरकाले समवेदना व्यक्त गरेको छ।
सरकारले बेलायती महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।गोरखापत्र बाट








प्रतिक्रिया राख्नुहोस्