तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतकी महारानी एलिजाबेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । 

बकिंगम दरबारले गए राती अबेर जारी गरेको सूचना अनुसार महारानी एलिजाबेथको स्कटल्याण्डको बोलमोरलमा निधन भएको हो । उहाँ केही दिनदेखि चिकित्सकहरूको निगरानीमा रहँदै आउनु भएको थियो ।

उहाँको निधनले बेलायती इतिहासमा सबैभन्दा लामो शासनकाल समाप्त भएको छ । उहाँ विश्वकै सबैभन्दा वृद्ध राष्ट्र प्रमुख पनि हुनुहुन्थ्याे । उहाँले ७० वर्ष बेलायतको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

सन् १९५२ मा उहाँ बेलायतको राजगद्दीमा पुग्नुभएको थियो । अब उहाँका छोरा चार्ल्स देशको नयाँ राजा बन्नुहुनेछ ।

यसैबीच प्रधानमन्त्री शेर बहादुर देउवाले महारानी एलिजाबेथको निधन प्रति दुःख व्यक्त गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button