तपाईँ सुन्दै हुनुहुन्छः

सिकलसेलको अनुसन्धान केन्द्र निर्माण सुरु    

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको छ ।     

अनुसन्धान केन्द्रको सहरी विकासमन्त्री मेटमणि चौधरीले आज शिलान्यास गर्नुभयो ।

उहाँले सिकलसेल अस्पतालको भवन निर्माणका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी, चिकित्सक र भौतिक पूर्वाधारको व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । 

पश्चिम तराई बाँके, बर्दियालगायतका जिल्लाका थारु समुदायमा सिकलसेलका बिरामी रहेका छन् । 

उपचार अभावमा कतिपय सिकलसेल पीडितहरूले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै थारु स्वास्थ्यकर्मीको पहलमा छुट्टै अस्पताल निमार्ण गर्न थालिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button