तपाईँ सुन्दै हुनुहुन्छः

‘आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जित्छ’    

रुपन्देही । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जीत हासिल गर्ने बताउनुभएको छ ।     

 रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा गरेको साक्षात्कारमा नेता झाँक्रीले देश र जनताको हितमा स्पष्ट योजना बनाएर निर्वाचनमा जानेलाई जनताको साथ मिल्ने बताउनुभयो ।     

नेकपा (एमाले) ले समृद्धिका नाममा ल्याएका पानीजहाज, रेल, जस्ता हावादारी गफमा जनता नअलमलिने बताउँदै उहाँले स्थानीय माग र आवश्यकताका आधारमा स्पष्ट एजेण्डा ल्याउनेलाई जनताले मत दिने उल्लेख गर्नुभयो ।  

मुलुकको हितका लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button