आँखाको शल्यक्रिया शिविर : १८ जनाको आँखाको शल्यक्रिया

अछाम । आँखाको शल्यक्रिया शिविर अछामको मङ्गलसेनमा सम्पन्न भएको छ ।
गेटा आँखा अस्पतालको आयोजना र आँखा उपचार केन्द्र मङ्गलसेनको समन्वयमा एक दिने सःशुल्क शिविरको आयोजना गरिएको थियो ।
शिविरमा १८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । जसमा १० जनाको मेसिनद्वारा मोतिया विन्दुको शल्यक्रिया, दुई जनाको हातले निःशुल्क शल्यक्रिया, पाँच जनाको मासुको शल्यक्रिया र एक जना बच्चाको आँखाको नानीको शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालबाट शिविरमा खटिनुभएका नेत्र रोग विशेषज्ञ डा.अनिल गुरुङले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका आँखाका बिरामीलाई लक्षित गरि शिविरको आयोजना गरिएको डा. गुरुङको भनाई छ ।
वर्षको एकपटक हुने आँखा शिविरमा मेसिनद्वार अप्रेसन गर्न नसकिने भएकोले फ्लोअपमा रहेका बिरामीलाई गेटा जान आउन खर्चिलो र झन्झटिलो हुने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको जनाइएको छ ।
आँखा उपचार केन्द्रमा आउने र अप्रेसन गर्न चाहने बिरामीलाई सशुल्क अप्रेसनका लागि खबर गरिएको र सोही अनुसार शिविर सम्पन्न गरिएको आँखा उपचार केन्द्र मङ्गलसेनका इन्चार्ज राकेश कुमार लोदले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्