२१ वर्षपछि नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन टीकापुरमा हुँदै

टीकापुर कैलाली । २१ वर्षपछि टीकापुरमा हुन गइरहेको नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी पुरा भएको छ ।
नेपाल जेसीजको आयोजना तथा टीकापुर जेसीजको आतिथ्यतामा भोलि २४ गतेदेखि सुरु हुने दुई दिने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
मञ्च व्यवस्थापन, स्वागत गेट निर्माण, बाहिरबाट आएका पाहुनाहरूलाई खाने बस्ने सम्पूर्ण व्यवस्था गरिएको टीकापुर जेसीजका अध्यक्ष टोप प्रकाश विकले जानकारी दिनुभयो ।
कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको सम्मेलनमा देशभरिबाट करिब १ हजार युवाहरू सहभागी हुनेछन् ।
सम्मेलन व्यवस्थापनमा करिब ९० लाख खर्च हुने र सम्मेलन अवधिमा यो क्षेत्रमा ३ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
सम्मेलनमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका ३३ जिल्लाका ५५ वटा जेसीजका शाखा अनिवार्य रुपमा तथा अन्य देशैभरीका शाखाका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् ।
बाहिरबाट आएका पाहुनाहरूलाई खान बस्नको लागि टीकापुरलगायत आसपासका बजार चिसापानी, लम्की, बौनीया, राजापुरसम्मका होटेलहरु बुक गरिएका आयोजकले जनाएको छ ।
२४ गते बिहान साढे १० बजे उद्घाटन हुने सम्मेलन २५ गते साँझ साढे ५ः०० बजे टीकापुर घोषणा पत्र जारी गर्दै सम्पन्न हुने नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष तथा सम्मेलनका सभापति अनिल बहादुर शाहीले जानकारी दिनुभयो ।
टीकापुरको सिटी हलमा हुने सम्मेलनको २४ गते बिहान साढे १० बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुहुनेछ । यसअघि टीकापुरमा सन् २००१ मा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्