सर्पको टोकाईबाट एक बालिकाको मृत्यु
सल्यान । सल्यानमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३ खेतगारा औलबेशी निवासी कन्जरा बिककी ४ वर्षीया छोरी सृष्टि बिकको मृत्यु भएको हो ।
आफ्नै घरको नजिकै आँगनमा आमासँगै हिँडिरहेको अवस्थामा बालिकालाई मङ्गलवार साँझ करिब ६ बजे सर्पले टोकेको थियो । सामान्य घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको उनको आमाले बताउनुभयो ।
चालु आर्थिक वर्षमा मात्र सल्यानमा सर्पको टोकाईबाट दुई जनाको मृत्यु भइसकेको छ । सर्प दंशको उपचार नजिकै नहुँदा अकालमै सर्पको टोकाइबाट ज्यान गुमाउनु परिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्