रामेछापबाट चौलागाई र श्रेष्ठसहित ६ जनाको नाम सिफारिस

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) रामेछापले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि केन्द्रीय सदस्य युवराज चौंलागाईं लगायत ६ जना नेताहरूको नाम सिफारिस गरेको छ ।
भाद्र २० गते सदरमुकाम मन्थलीमा बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकले चौंलागाईं सहित बहालवाला सांसद श्याम श्रेष्ठ, पूर्व सांसद डिल्लीमान तामाङ, पूर्व सांसद लक्ष्मी गुरुङ र दोरम्बा शैंलुंग गाउँपालिकाका पूर्व अध्यक्ष कमानसिंह मोक्तानको नाम केन्द्रमा सिफारिस गरेको छ ।
यस अघि जिल्लाका आठ वटा स्थानीय तहका पार्टी कमिटीहरूले पनि उक्त पदका लागि उम्मेदवार सिफारिस गरेका थिए । रामेछाप जिल्ला माओवादीको प्रभाव क्षेत्र मानिँदै आएको छ । रामेछापमा २०६४ देखि लगातार माओवादीले जित्दै आएको छ ।










प्रतिक्रिया राख्नुहोस्