तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा तीन दिने निःशुल्क आँखा उपचार शिविर सुरु

झापा । झापाको सदरमुकाम भद्रपुरमा तीन दिने निःशुल्क आँखा उपचार शिविर सञ्चालनमा आएको छ ।

भद्रपुरका प्रतिष्ठित सरिया परिवारको आयोजना, इनरव्हील क्लब अफ भद्रपुरको सह–आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आजदेखि आँखा उपचार शिविर सुरु भएको हो ।

भद्रपुरस्थित आँखा उपचार केन्द्रमा सुरु भएको शिविरको प्रदेश नं १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले उद्घाटन गर्नुभएको थियो ।

मेची आँखा अस्पतालका तालिम संयोजक युवराज बोहोराले शिविरको पहिलो दिन करिब २ सय जनाको आँखा जाँच, ३२ जनाको शल्यक्रिया र ४ जनाको ऐजेरुको उपचार गरिएको छ । शिविरमा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशी लगायतको चिकित्सकीय टोलीले सेवा दिएको थियो ।

शिविर भदौ २३ गतेसम्म सञ्चालन हुने अस्पतालकी आउटरिच अफिसर कविता कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button