तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदीमा हाम फालेर पुरुष बेपत्ता

चितवन । नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आज बिहान नदीमा हाम फालेका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदी पुलबाट बिहान ९ बजेर १० मिनेटमा उनी हाम फालेका थिए । उनको खोजी कार्यको लागि वडा प्रहरी कार्यालय नारायणगढ प्रहरी नायब निरीक्षकसहितको विपद् उद्धार टोलीले खोजतलास जारी राखेको छ । हालसम्म उनी फेला नपरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button