केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

काठमाडौँ । केन्याको नैरोवीमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनायो । केन्याका लागि कोलिन्स आबुयाले सर्वाधिक ८४ रन जोडे भने अर्का खेलाडी लुकास ओलुचले ५९ र न बनाए ।
नेपालका लागि बलिङतर्फ सोमपाल कामी र आदिल अन्सारीले दुई/दुई विकेट लिए ।
नेपालले यस अघिका दुई एक दिवसीय खेल जितेर तीन खेलको सिरिज एक खेल अगावै जितिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्