तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली चलचित्रलाई विश्वसामु पुग्ने गरी विकास गर्नुपर्छ: मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्ने गरी विकास गर्नुपर्ने बताउनुभएको छ ।

file photo

नेपाल चलचित्र निर्माता सङ्घको १६ औँ वार्षिक साधारण सभामा उहाँले विदेशमा रहेका नेपालीलाई चलचित्र हेर्न सहज बनाउनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा मन्त्री कार्कीले निर्माता सङ्घमा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाली चलचित्र कला, संस्कृति र भूगोललाई समेटेर बनाउँदा विश्व बजारमा राम्रो स्थान पाउनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

निर्माता र कलाकारको हकहितको सुरक्षा गर्ने तथा विश्वसामु नेपाली चलचित्रलाई चिनाउनुपर्ने मन्त्री कार्कीको भनाइ थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button