नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु
टीकापुर कैलाली । कैलालीको टीकापुरमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर २ स्थित मुलपानी तालमा डुबेर जानकी गाउँपालिका वडा नम्बर ८ का २० वर्षीया पुष्पराज उपाध्यायको मृत्यु इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
आज दिउँसो ४ बजेतिर नुहाउने क्रममा मुलपानी तालमा डुबेर अचेत भएका उपाध्यायलाई उपचारको लागि टीकापुर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्