मुलुकको अर्थतन्त्र सकारात्मक सुधारमा: मन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले समयमै होसियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने उल्लेख गर्दै यसका लागि चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको बताउनुभयो ।

मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै कृषि, वन, पर्यटन लगायतका क्षेत्र लगानीका लागि निकै उपयुक्त रहको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्