तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा माईक्रोबस दुर्घटना हुँदा चालकसहित १६ जना घाइते 

चितवन ।  चितवनमा माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

आज बिहान ७ बजेर ४५ मिनेटमा भरतपुर महानगरपालिका–२९ जुगेडीमा बा ३ ख ४६५४ नम्बरको माइक्रोबस दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जुगेडी पुलमा माईक्रोबस अनियन्त्रित भई पल्टँदा चालकसहित १६ जना घाइते भएको जानकारी दिनुभयो । 

घाइते मध्ये १३ जनाको  चितवन मेडिकल कलेजमा र तीन जनाको उपचार पुरानो मेडिकल कलेजमा  भइरहेको छ । 

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button