पञ्चमी व्रत नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु
सुनसरी । पञ्चमी व्रत लिनका लागि नुहाउने क्रममा डुबेर सुनसरीमा १ बालिकाको मृत्यु भएको छ ।
बिहीबार सुनसरी वराहक्षेत्रको नहरमा नुहाउन्न जाँदा एक जना बालिकाको मृत्यु भएको हो ।
बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा नुहाउन्न जाँदा डुबेकी बराहक्षेत्र वडा नं. ३ की १४ वर्षीया सलिना खड्काको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरका अनुसार बिहान ७ः३० बजे नुहाउँदा डुबेर बेपत्ता भएकी सलिनाको शव दिउँसो फेला परेको थियो ।
सलिना बेपत्ता भए लगत्तै खोजी गर्न प्रहरी र स्थानीय गाउँले खटिएका थिए । नुहाउन्न जाँदा ४ जना डुबेकोमा तत्काल ३ जनाको उद्धार गरिएको थियो ।
उद्धार गरिएमध्ये बराहक्षेत्र वडा नं. ३ कै ३६ वर्षीया शोभा खड्काको धरानको विजयपुर हस्पिटलमा उपचार भइरहेको छ ।
नुहाउने क्रममा डुबेका बराहक्षेत्र वडा नं. ३ कै २३ सोनु खडका र १४ वर्षीया इसा खड्काको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्