तपाईँ सुन्दै हुनुहुन्छः

‘सञ्चार र विकास’ कार्यक्रम प्रसारणलाई निरन्तरता दिने सम्झौता 

काठमाडौँ । रेडियो नेपाल र दूर सञ्चार प्राधिकरणबीच रेडियो नेपालबाट प्रसारण हुने ‘सञ्चार र विकास’ कार्यक्रम तथा सूचना र सन्देश प्रसारणलाई निरन्तरता दिने सम्बन्धी सम्झौता भएको छ। 

सम्झौता अनुसार रेडियो नेपालबाट हरेक मङ्गलवार बिहान ७ः२५ देखि ७:४० बजेसम्म सञ्चार र विकास कार्यक्रम प्रसारण हुनेछ । 

कार्यक्रममा सूचना प्रविधिको क्षेत्रमा भएका विकास र दूर सञ्चार प्राधिकरणले गरिरहेका गतिविधि सम्बन्धी सामग्री प्रसारण हुने गर्दछ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र नेपाल दूर सञ्चार प्राधिकरणका उप निर्देशक सन्दीप अधिकारीले हस्ताक्षर गर्नुभएको छ।

आजै रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्री र नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक दीपेश आचार्यले सम्झौता आदान प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button