तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पहिरोले अवरुद्ध भएको छ । कुश्मा नगरपालिका ८ मा ठुलो पहिरो खसेर बिहानै देखि सडक अवरुद्ध भएको हो ।

निरन्तर पानी परिरहेको र पहिरो ठुलो भएकाले पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय प्रमुख मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम जिल्लामा आउने जाने सबै सवारीका साधन बाटोमै अलपत्र परेका छन् ।

त्यस क्षेत्रमा बिद्धुत सेवा समेत ठप्प छ । पहिरोका कारण बिधुत लाइन सर्ट भएकाले गण्डकी प्रदेशका पर्वत, बागलुङ र म्याग्दीमा बिधुत सेवा अवरुद्ध भएको हो । बिग्रेको लाइन मर्मत गर्न पहिरो पन्छाउनुपर्ने अवस्था रहेको बिधुत प्राधिकरण पर्वत वितरण शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button