तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा बस दुर्घटना हुँदा २५ यात्रु घाइते

सप्तरी।सप्तरीको कञ्चनरुप नगरपालिकास्थित रुपनगरमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ३५२३ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेहरूको रुपनगरस्थित एमडि अस्पतालमा उपचार भइरहेको छ ।

गाईघाटबाट धरानतर्फ जाँदै गरेको सृजना ट्राभलको बस पूर्व-पश्चिम लोकमार्गस्थित रुपनगरमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button