गरिब परिवार परिचयपत्र वितरण सुरु
महोत्तरी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि आवश्यक सम्पूर्ण कामहरू सरकारले योजना बनाएर गर्न सुरु गरिसकेको बताउनुभएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका १२ बाट गरिब परिवार परिचयपत्र वितरण कार्यको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पहिचान कार्य सम्पन्न भएका २ लाख २३ हजार ३ सय ३० घरपरिवारलाई परिचयपत्र वितरण गर्ने कार्यको आज शुरुवात गरिएको बताउनुभयो ।

२३ जिल्लाका २१४ स्थानीय तहहरूबाट ११ लाख ८ हजार ८ सय ३६ घर परिवारको तथ्याङ्क सङ्कलन भई २ लाख २३ हजार ३ सय ३० गरिब घरपरिवार पहिचान गर्ने कार्य सम्पन्न भई परिचयपत्र वितरणको कार्य शुभारम्भ गरिएको हो ।
मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर काम गरिरहेको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्