तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गयो: मन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रुचि नदेखिएको बताउनुभएको छ ।

पन्ध्रौँ पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गएको बताउनुभएको हो ।

युवाहरूमा पुस्तक एवम् पत्रपत्रिका पढ्ने रुचि हराउँदै गएको बताउँदै उहाँले मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाउने चलन सुरु भएको बताउनुभयो ।

‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्नेतिर पछिल्लो पुस्तामा चाहना हराउँदै गयो,’ उहाँले भन्नुभयो,’ ‘त्यसले सामाजिक समवेदना र जिम्मेवारी बोध, संस्कार र संस्कृति हराउँदै गयो ।’

यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ औँ पुस्तकालय दिवस मनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button