तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुख भण्डारीद्वारा जग्गा दान गर्ने घोषणा

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्रमा निर्माण हुने अस्पताल र वृद्धाश्रमका लागि आफ्नो व्यक्तिगत जग्गा दान गर्ने घोषणा गर्नुभएको छ ।

नगर प्रमुख भण्डारीले बुबा श्रीप्रसाद भण्डारी र आमा धर्मशिला र कृष्णमाया भण्डारीको नामबाट जग्गा दान गर्ने घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति समेत रहेका भण्डारीले केही समयमै सम्पूर्ण प्रक्रिया पुर्‍याएर एक कार्यक्रम आयोजना गरी जग्गा दान गरिने बताउनुभयो । भण्डारीले इनरुवा ५ मा रहेको १९ कट्ठा जग्गा अस्पताल र वृद्धाश्रम निर्माणका लागि इनरुवा नगरपालिकाको नाममा पास गर्ने घोषणा गर्नुभयो ।

उक्त जग्गा आँखा अस्पताल, जिल्ला आयुर्वेद अस्पताल र वृद्धाश्रमका लागि प्रयोग गरिने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button