तपाईँ सुन्दै हुनुहुन्छः

रुकुममा बाढी पहिरोले दुई सय रोपनी खेतबारीको मकै धानबाली नष्ट

पश्चिम रुकुम । पश्चिम रुकुममा बाढी पहिरोले दुई सय रोपनी खेतबारीको मकै धानबाली नष्ट भएको छ । 

भदौ १२ गते अविरल बर्षापछि आएको बाढी पहिरोले पश्चिम रुकुमको आठवीसकोट नगरपालिका वडा न.ं १३ र १४ वडामा खेतबारी लगाइएको करिब दुई सय रोपनी लगाइएको खेतबारीको मकै, धान, कोदो, भटमास नष्ट भएको हो ।

स्थानीय कुबेर जङ्ग मल्लको ज्यूला सोतामा लगाइएको १० रोपनी मकै बाली र धानखेती नष्ट भएको छ भने धनसरी पुनको ५ रोपनी खेतमा लगाएको धानखेती नष्ट भएको छ । 

त्यस्तै, रावीत्री मल्ल, राजेन्द्र पुन, धर्मे पुन, नारायण खड्का, दानी थापा, कृष्णबहादुर शाही, जीतजंग मल्ल, अनु जैसीको पिपल चौरमा ७ रोपनी खेतको धानखेती पनि नष्ट भएको छ । 

बाढीपहिरोले ज्यूलासोता, भल्मा, पिपलचौर, घर्तीपाखा, बाँकेगाउँडाडा, धारा, तारापानी, छोटेतरा लगायत स्थानमा लगाएको दुई सय रोपनी जमिनको खेतीबाली नष्ट भएको आठवीसकोट नगरपालिका १४ का वडा अध्यक्ष हुकुमबहादुर पुनले जानकारी दिनुभयो । 

पहिरोले पिलचौरका अनु जैसीको दुई कोठे घर, शौचालय, जङे कामीको आरा उद्योग र मिल पहिरोले पुरेर ध्वस्त पारेको वडा अध्यक्ष पुनले बताउनुभयो । 

भदौ १२ गते दिनभरी भारी वर्षा हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ वटा घर पहिरोले बगाएको छ । ४० बढी घर पहिरोको उच्च जोखिममा रहेका अध्यक्ष पुनले बताउनुभयो।

पहिरोले सडक अवरुद्ध
भदौ १२ गते अविरल बर्षापछि आएको बाढी पहिरोले पश्चिम रुकुमको आठवीसकोट नगरपालिका वडा न.ं १३ र १४ वडामा बाढी पहिरोले जाजरकोट डोल्पा भेरीकोरीडोर मार्गको रिम्नादेखि चिसापानीसम्मको ११ किलोमिटर सडक अवरुद्ध भएको छ । 

पिपलचौर, छोटेतरा, बाँके ज्यूला, भल्मा ज्यूला, ज्यूला सोता, रिठापानी, चिसापानीलगायत सयौँ ठाउँमा गएको पहिरो सडक चार दिनदेखि बन्द भएको छ । 

अवरुद्ध सडक खुलाउन आठवीसको नगरपालिकाले दुई वडा जेसीबी प्रयोग गरेर सडक बाटो खुलाउने काम गरिरहेको छ । तर ठुला पहिरो खसेको कारण पहिरो हटाउन समय धेरै लागेको वडा अध्यक्ष हुकुमबहादुर पुनले बताउनुभयो । 

दुई वटा मेसिल प्रयोग गरेर तीन दिनदेखि बाटो खुलाउने काम भइरहेको र शुक्रबार सम्ममा सडक सञ्चालनमा आउने अध्यक्ष पुनले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button