तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह

file photo

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हरितालिका तीजको मौलिकता कायम राख्दै स्वास्थ्यका मापदण्ड पालना गरी मनाउन आग्रह गर्नुभएको छ ।नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली समाजमा रहेका सबैखाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गर्नुभएको छ ।  

देखावटी तडकभडक एवं खर्चिलोपनलाई हटाउँदै आफ्नो मौलिकतामा तीज मनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले आफ्नो मौलिकताको  तीज पर्वमा खुसी साटासाटका साथै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुगोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button