नेपाल र अस्ट्रेलियाबिच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल र नेपाल र अस्ट्रेलियाबिच सोमबार जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्याल र समकक्षी जान आडम्सबीच भएको द्विपक्षीय वार्तापछि अस्ट्रेलियाको राजधानी क्यानबेरामा दुई देशबीच जलस्रोत व्यवस्थापन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
परराष्ट्र सचिव भरतराज पौड्याल र समकक्षी जान आडम्सबीच भएको द्विपक्षीय वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको क्यानबेरास्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सहभागी जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे र अस्ट्रेलियाका परराष्ट्र सचिव आडम्सले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सचिव पौड्याल र समकक्षी आडम्सबीच द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल भएको र आगामी दिनमा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य सुदृढ गर्ने सहमति भएको दूतावासले जनाएको छ ।
नेपाल–अस्ट्रेलिया परराष्ट्र मन्त्रालय स्तरीय संयुक्त परामर्श संयन्त्रको दोस्रो बैठकमा भाग लिने क्रममा सचिव पौड्याल नेतृत्वको नेपाली टोली अस्ट्रेलिया भ्रमणमा छ । संयन्त्रको बैठक भोलि मङ्गलवार आयोजना हुने कार्यक्रम रहेको छ सन् २०१७ जुलाईमा उक्त संयन्त्र स्थापना भएको थियो ।
नेपाल र अस्ट्रेलियाबिच द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा छलफल गर्न उक्त संयन्त्र स्थापना भएको हो ।
प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख लोकबहादुर थापा, अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोख्रेल र परराष्ट्रकी उपसचिव सीता बस्नेत सहभागी रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्