राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा रायमाझी मनोनयन

काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा रमेशजङ्ग रायमाझी मनोनयन हुनुभएको छ ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाका सदस्य रायमाझीलाई आज राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
देउवाले दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्