अन्डरग्राउन्डलाई पार्किङ बनाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम
कास्की । पोखरामा भूमिगत तला (अन्डर ग्राउण्ड) लाई पार्किङको रुपमा प्रयोगमा ल्याउन महानगरले ३५ दिने अल्टिमेटम दिएको छ ।
पोखरा महानगरपालिकाले महानगर भित्रका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन आज (आइतबार) ३५ दिने सूचना प्रकाशित गरेको हो ।

सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला सहितका भवनहरूको भूमिगत तला पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनु भएका घरधनीहरूलाई आजका मितिले ३५ दिनभित्र भूमिगत तला खाली गरी पार्किङ रुपमा प्रयोगमा ल्याउनु हुन अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम हुने ब्यहोरा जानकारी गराइन्छ ।’
नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गर्दै सूचना अनुरुप पार्किङमा प्रयोग नगरेमा कानुनी कारबाही गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्