वर्कसपमा आगलागी हुँदा १० लाख बराबरको क्षति

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक मोटरसाइकल वर्कसपमा आगलागी हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ ।
चन्द्रनगर गाउँपालिका वडा नं. ६ नाढी बजारमा स्थानीय मोहन साहले सञ्चालन गरेको मोहन मोटरसाइकल वर्कसपमा आगलागी हुँदा १० लाख मूल्य बराबरको समान जलेर नष्ट भएको चन्द्रनगरका स्थानीयहरूले जानकारी दिएका छन् ।
आगलागीबाट मोटरसाइकल वर्कसपमा राखिएको एपाचे मोटरसाइकल १ थान, पल्सर मोटरसाइकल १ थान, डिस्कभर मोटरसाइकल बनाउन राखिएको इन्जिन, हावा मेसिन १ थान, मोटरसाइकल धुने वासिङ्ग मेसिन १ थान र पसलमा राखिएको लगभग ३ लाख मूल्य बराबरको टायर, टिउर तथा मोबिलको काटुनहरु जलेर नष्ट भएको स्थानीय शिवनारायण सिंहले बताउनुभयो ।
अज्ञात व्यक्तिहरूको समूह आएर मोटरसाइकल वर्कसपमा पेट्रोल छर्की आगो लगाएको चन्द्रनगरका माओवादी नेता लोकेन्द्र मुखियाले जानकारी दिनुभयो ।

वर्कसपबाट प्रहरी चौकी नजिक भएपनि आगलागीको घटना हुनु दुःखद भएको मुखियाले बताउनुभयो ।
घटनाबारे प्रहरी चौकीमा निवेदन दिँदा पनि प्रहरीले कुनै किसिमको चासो नदेखाएको वर्कसप सञ्चालक मोहन साहले बताउनुभयो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्