तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा ड्राइभिङ ट्रायल सेन्टरको मुख्यमन्त्रीद्वारा उद्घाटन

डडेलधुरा । डडेल्धुरामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको आज एक औपचारिक कार्यक्रमबिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको छ ।

यातायात व्यवस्था कार्यालय डडेलधुराले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिबार ट्रायल सेन्टर उद्घाटन गरिएको हो ।

शनिबार डडेल्धुरा र डोटी दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल सेन्टरको उद्घाटन गर्नुभयो । ट्रायल सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सङ्घीयताको सही कार्यान्वयन भएको अनुभूति भएको बताउनुभयो ।

यातायात डडेल्धुराका कार्यालय प्रमुख मेखराज उपाध्यायका अनुसार जिल्लामा कार र जिपका लागि ४३ जनाले लिखित परीक्षा दिएकोमा २७ जना उत्तीर्ण भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि ११७ जनाले लिखित परीक्षा दिएकोमा १०६ जना उत्तीर्ण भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button