तपाईँ सुन्दै हुनुहुन्छः

‘पुस्तकालय अहिलेको युग अनुसार सञ्चालन हुनुपर्छ’

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पुस्तकालयलाई अहिलेको युग अनुसार सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

टीकापुर सामुदायिक पुस्तकालयको पाँचौँ साधारण सभामा प्रमुख जोशीले औपचारिक शिक्षा अनुकूल नभएका मानिसका लागि पुस्तकालय महाविद्यालय र ज्ञानको भोक मेट्ने स्थान भएको बताउनुभयो ।

पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले प्रविधियुक्त पुस्तकालय सञ्चालनका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

पूर्व सांसद गङ्गाबहादुर कुँवरले पुस्तकालयले कम्प्युटर शिक्षामा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

दातृ संस्था र विभिन्न तहका सरकारको लगानीमा पूर्वाधार तयार भएका ग्रामीण क्षेत्रका पुस्तकालयहरू प्रशासनिक खर्च अभावमा सञ्चालनमा कठिनाइ भइरहेको सञ्चालकहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button